खोटाङमा माओबादी केन्द्रले लगायो उम्मेद्धारको टुंगो, कांग्रेसलाई सकस

हिमाल एफ एम, खोटाङ,
१७ जेठ,

आगामी निर्वाचनका लागी खोटाङमा उम्मेदवार टुंगो लगाउनेमा माओवादी अघि देखिएको छ ।

काँग्रेश र एमाले टुंगो लगाउने कसरतमा लागीरहँदा माओवादी केन्द्रले भने अधिकांस नगर तथा गाउँपालीकामा उमेद्धार टुंगो लगाएको हो ।

अन्य पार्टीलेभन्दा माआवादीले सहज तरिकाले उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्र खोटाङले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा दुर्गाजयन्ती राई, उपमेयरमा होमकाजी आचार्य, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा हरिश्चन्द्र गिरी, लामीडाँडा गाउँपालिकामा डा. चेतकुमारी गुरुङ, उपप्रमुखमा भुपराज पोखरेल, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाईली, उपप्रमुखमा रुद्रकुमार राई, बाराहपोखरी गाउँपालिका प्रमुखमा निसाना राई, उपप्रमुखमा सुवासचन्द्र राई, जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणा राई, उपप्रमुखमा बिरबल किराती, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा श्रीबहादुर राई, उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिकाको प्रमुखमा अर्जुनकुमार खड्का, उपप्रमुखमा बिर्सिका राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा राजन ढकाल र उपप्रमुखमा बिनिता राई, दिप्रुङ गाउँपालिकाको प्रमुखमा दिपक पाण्डे –आकाश) र उपप्रमुखमा कल्पना राई (सोनिया) लाई उठाएको छ ।संघीय समाजबादी फोरम र नयाँ शक्तिको गठबन्धनले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा धनकुमार राई र उपमेयरमा भने बशन्ती राईलाई उठाउने भएको छ ।

कांग्रेसलाई सकस

स्थानीय तहको लागि नेपाली कांग्रेस खोटाङले भने अझै पनि सर्वसम्मत उम्मेदवार छान्न सकेको छैन । सहमती नजुट्दा कांग्रेसले उम्मेदवार टुंगो लगाउने जिम्मा शनिवार केन्द्रीय कार्य समितिलाई दिएको छ ।

लामो छलफल गर्दा पनि जिल्ला तहमा उम्मेदवारको टुंगो लाग्न नसक्दा आकांक्षीको नामावली केन्द्रीय समितिलाई निर्णयका लागि पठाइएको कांग्रेस सभापति नरेशकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुशार हालसम्म ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा विश्वनाथ निरौला, उपप्रमुखमा शान्ति राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा प्रेमकुमार राई र उपप्रमुखमा उषा राईलाई उम्मेदवार बनाउनेमा मात्र सहमती जुटेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा पनि बिमला राईको नाम सर्वसम्मत भइसकेको छ । कांग्रेसले ७९ वटै वडाको उम्मेद्वारको टुंगो लगाइसकेको जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!