खोटाङमा माओबादी केन्द्रको उम्मेद्धार ५० प्रतिशत महिला

हिमाल एफ एम, खोटाङ,
१७ जेठ,

दोश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र खोटाङले एक नगरपालिका र चार गाउँपालिका प्रमुखमा महिलालाई उम्मेद्धार बनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा असार ९ गते हुने निर्वाचनका लागि माओवादी केन्द्रले सदरमुकाम दिक्तेल रहेको रुपाकोट मझुवागढी नगरपालिकाको मेयर तथा लामीडाँडा गाउँपालिका, केपीलासगढी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बाराहपोखरी गाउँपालिका प्रमुखमा महिलालाई टिकट दिएको हो ।

नगरपालिका तथा गाउँपालिकाको प्रमुख पदमा महिलालाई ५० प्रतिशत स्थान दिइएको माओवादी केन्द्रका नेता सुरेश राईले बताउनुभयो । माओबादी केन्द्रकातर्फबाट गाउँपालिकाको उपप्रमुखमा समेत चार महिलाले उम्मेद्वारी पाएका छन् । माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेतृ दुर्गाजयन्ती राईलाई मेयरको टिकट दिएको छ । मेयरका उम्मेदवार राई पूर्वसभाषद हुन् ।

यस्तै, लामीडाँडा गाउँपालिकामा डा. चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाईली रश्मी, बाराहपोखरी गाउँपालिका प्रमुखमा निसाना राई र जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणा राईले गाउँपालिका प्रमुखको उम्मेदवारी पाएका छन् ।
गाउँ प्रमुखको टिकट पाउनेमध्येका मनकुमारी, निसाना र अरुणा माओबादी जनयुद्धकैक्रममा भूमीगत बनेर सशस्त्र युद्ध लड्दै आएकी नेतृ हुन् । टिकट पाएपछि उनीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!