खोटाङमा जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा विपद् व्यवस्थापन कोषमा

खोटाङ, चैत्र १३


कोरोना भाइरस ९कोभिड–१९० को जोखिम सामना गर्न साकेला गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।

गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काको अध्यक्षतामा पालिकाका पाँच वटै वडाका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष र कर्मचारीहरुको बिहीबार बसेको आकस्मिक वैठकले सो निर्णय गरेको हो ।

गाउँपालिकाका २९ जना कार्यपालिका सदस्यको चैत्र महिनाको सेवा सुविधा उक्त कोषलाई उपलब्ध गराउने निर्णय भएको अध्यक्ष खड्काले जानकारी दिए ।

त्यसैगरी तावाताल निर्माणको लागि छुट्टिएको ७० लाख बजेटबाट २० प्रतिशत रकम रकमान्तर गरी सोही कोषमा राखिने भएको छ । आपतकालिन अवस्थामा खर्च गर्ने गरी उक्त कोषमा रकम रकमान्तर गरिने भएको हो ।

त्यस्तै आकस्मिक वैठकको क्रममा गाउँपालिका अध्यक्ष खड्काले घर गएका र कार्यालयमा अनुपस्थित भएका सबै कर्मचारीलाई अनिवार्य रुपमा कार्यालयमै तैनाथ रहन निर्देशन दिएका छन् ।

सम्पूर्ण सेवा प्रवाह बन्द भए पनि विपदको समयमा घरमा भन्दा कार्यालयमै रहेर अत्यावश्यक सेवा प्रवाहमा सहयोग गर्न निर्देशन दिइएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु