खोटाङमा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सोलखुम्बु, चैत्र १५

खोटाङको ऐसेलुखर्क गाउँपालिकाकी एक गर्भवती महिलाको उद्धार गरिएको छ । देश लकडाउनमा रहेका बेला प्रसुति व्यथाले च्यापेकी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौ लगिएको हो ।


ऐसेलुखर्क गाउँपालिका ३ की २२ वर्षीया सिर्जना तामाङलाई सुत्केरी व्यथा लागेपछि स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा पु¥याईएको थियो तर त्यहाँ संभवन नभएपछि काठमाण्डौ रेफर गरिएको थियो ।


खोटाङ जिल्लाका प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको पहलमा महिलाको उद्धार गरिएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!