खोटाङमा एकैसाथ ३४ जनामा ज्वरो

खोटाङ,१६ चैत


खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवामा ३४ जनामा ज्वरोको समस्या देखिएको छ । शुक्रबारदेखि फैलिएको ज्वरोले १२ वर्ष मुनिका १२ जना र ४० देखि ६० वर्ष उमेरका २२ जना बिरामी परेको वडाध्यक्ष बिदुरमान राईले बताए ।

टोलभरी ज्वरोको समस्या देखिएपछि शनिबार स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गर्दै औषधि वितरण गरेको सहकर्मी दिलिप खत्रीले बताउनुभयो । मौसम परिवर्तनका कारण उनीहरुमा ज्वरो र निमोनियाको समस्या देखिएको स्वास्थ्यकर्मीको अनुमान छ । बिरामीको स्वास्थ्यमा जटिल समस्या नदेखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।


गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले ज्वरो फैलिएको विषयमा जानकारी आए पनि अवस्था सामान्य रहेको बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!