दिक्तेलमा ज्यालादारी गर्दै आएका १७ परिवारलाई खाद्यन्न

सोलुखुम्बु, चैत्र १७


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका १७ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण ज्यालादारी गर्न नपाएका १७ परिवारलाई नगरपालिकाले आइतबार चामल, दाल, नुन र तेल उपलब्ध गराएको हो ।

नगरपालिकाको ‘लोक कल्याणकारी नीति’ अनुसार लकडाउनको मारमा परेका दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!