खोटाङको साकेलामा ३ घर पहिरोको उच्च जोखिममा

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमका तीन घर पहिरोको उच्च जोखिममा परेका छन् । वर्षा सुरु भएपछि २०७४ सालमा सुरु भएको पहिरोले मात्तिमस्थित कात्तिके सोस्तुमका पृथीबोल राई, मेघबहादुर राई र जीपबहादुर राईको घर उच्च जोखिममा परेको हो ।घरभन्दा तलबाट सुरु भएको पहिरोले मेघबहादुर र जिपबहादुरको घर पहिरोको डिलमा अडिन पुगेको छ । पहिरोको डिलमा घर अडिएको भए पनि मेघबहादुर र जीपबहादुर परिवार सुरक्षित स्थानमा सर्न नसकेको वडा सदस्य धनपान राईले बताए ।यस्तै, शारीरिक रुपमा अस्वस्थ र राम्ररी आँखा नदेख्ने पृथीबोल राई विस्थापित भएपनि केही दिन सुरक्षित स्थानमा बसेर पुःन लच्किएको घरमा फर्किएर बसिरहेका छन् ।सुरुमा गत वर्ष पृथीबोल र एलम राईलाई विस्थापित गराएको पहिरोले क्रमशः अन्य स्थानीयलाई विस्थापित गराउन थालेको हो । धाँजा फाट्दै पहिरो जान थालेपछि मेघबहादुर र जिपबहादुरको घरभन्दा माथिका १५/२० घर समेत पहिरोको जोखिममा परेको वडा सदस्य राईले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु