खोटाङको दुवेकालमा जीप दुर्घटना, ३ गम्भिर घाईते

हिमाल एफ एम,
सोलुखुम्बु, कात्तिक २०

खोटाङको दुवेकोलमा जीप दुर्घटना हुदा ६ जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

काठमाण्डौवाट यात्रु लिएर खोटाङको ऐसेलुखर्क जाँदै गरेको बा १ ज ५६२७ नम्बरको जीप गएराति रावावेशी गाउँपालिका ५ दुवेकोलमा दुर्घटना भएको हो । करिब डेढसय मिटर तल खसेको जीपमा सवार चालक सहित ६ जना यात्रु घाईते भएको रावावेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो ।

गम्भिर घाईते एसेलुखर्क गाउँपालिका ६ का ७२ बर्षिय हर्क बहादुर भूजेल, ऐसेलुखर्क गाउँपालिका २ का २८ बर्षिय जर्मन भूजेल, उनका श्रीमती सरिता भूजेल र सामान्य घाईते चालकलाई थप उपचारका लागि गएराति नै एम्बुलेन्स मार्फत काठमाण्डौ पठाईएको छ भने अन्य तरहरा मोली १९ की खेम कुमारी बस्नेत र सोलुखुम्बु जुबुका सुदिप गुरुङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा पठाईएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

रावावेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला सहित स्थानीयको सक्रियतामा दुर्घटनामा परेकाको उद्धार गरिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु