खोटाङको दिप्रुङले कोरोना उपचार कोषमा ५० लाख जम्मा गर्ने

खोटाङ, वैशाख १७

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५० लाख जम्मा गर्ने निर्णय गरेको छ । मंगलवार बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको सञ्चित कोषबाट ५० लाख जम्मा गर्ने निर्णय गरेको गरेको आइटी अफिसर मणीचन्द्र राईले जानकारी दिए ।

गाउँपालिकाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि लागू भएको लकडाउनबाट काठमाण्डौमा प्रभावित नागरिकहरुलाई गाउँपालिकाले आफ्नो पहलमा यहाँ ल्याउने कार्य नगर्ने तर तत्तत् स्थानमा राहत वितरण गर्ने, संक्रमण फैलिएका क्षेत्र तथा जिल्लाबाट प्रवेश गर्ने नाकाहरुलाई अझ प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय गरेको गाउँपालिकालाई उदृत गर्दै सहकर्मी दिलीप खत्रीले जानकारी दिए ।

यस्तै, नागरिकहरुको सुविधालाई ध्यानमा राखी प्रति परिवार दुई बोरा खाद्यान्न ढुवानी भाडामा गाउँपालिकाले अनुदान दिने, अत्यावश्यक काम बाहेकका कसैलाई पनि नगर प्रवेश गर्न नदिने, संक्रमित क्षेत्रबाट आउने नागरिकहरूलाई अझ बढि निगरानी राखी क्वारेन्टाइनमा अनिवार्य राख्ने लगायतका निर्णयहरु ग्रिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिले पनि आ–आफ्नो क्षेत्रमा कोरोना व्यवस्थापन कोष स्थापना गरेर रकम जम्मा गरिरहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा

लकडाउनको मारमा परेका दैनिक ज्यालादारी कामदार तथा विपन्न परिवारलाई राहत वितरणको काम पनि भइरहेको छ ।
जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीले राज्यबाट आफूले पाउने सेवासुविधा बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरि सकेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!