खोटाङको तापखोला र रावाखोलामा मोटरेबल पुल नहुँदा सर्वसाधरणलाई सास्ती

 

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ १९
खोटाङको तापखोला र रावाखोलामा मोटरेबल पुल अभावमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । गाउँगाउँमा ग्रामिण सडक संचालनमा आएपनि खोलाको सतह बढेपछि यातायात सञ्चालन अबरुद्ध हुने समस्या यो बर्षायाममा पनि दोहोरिने भएको हो ।

केपिलासगढि गााउपालिका क्षेत्रमा सडक पुगेको ६ वर्ष भएपनि खोलामाथी मोटरेवल पुल नबन्दा केपिलासगढिका नागरिकले वर्षेनी हैरानि खेप्नु परेको हो । बर्खामा आवत्जावत र सामाग्री ओसापोसारमा झोलुङगे पुलको प्रयोग गर्दै आएका छन् ।

 

तापखोला र रावाखोला जोड्ने मोटरेबल पुलको काम १० प्रतिशत पुरा

सप्तेश्वर स्थित तापखोला र रावाखोला जोड्ने मोटरेबल पुल निर्माण भैरहेको छ । केपिलासगढि गााउपालिकाको गौरवको आयोजनाको रुपमा मानिएको पुलको काम १० प्रतिशत सकिएको छ । गाउँपालिकाको ३ करोड ९२ लाखका निमार्णधिन पुलको पिलर उठाउने काम सकिएको गाउँपालिका अध्यक्ष कृष्ण कुमार राईले जानकारी दिनुभयो ।

गत माघमा ५ करोड २२ लाखको डिपिआर तयार पारिएको पुल सुर्य कन्ट्रक्सन प्रा.लि.ले निर्माण गरीरहेको छ । फागुनबाट निर्माण सुरु भएको मोटरेबल पुल २०७७ माघ सम्म सम्पन्न गर्ने सम्झौता भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु