खोटाङको ऐसेलुखर्कमा दश शैयाको आइसोलेसन वार्ड

सोलुखुम्बु, चैत्र १७


खोटाङको ऐसेलुखर्क गाउँपालिकाले प्रथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा दश शैयाको आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) निर्माण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंका गरिएका वा संक्रमण भएको पुष्टी भइसकेका व्यक्तीलाई राखेर उपचार गर्नेगरी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन वार्ड निर्माण गरेको हो ।

ल्यावबाट प्रमाणित भइसकेका तथा लक्षणका आधारमा संक्रमणको आंशका गरेर प्रमाणित गर्न रिपोर्ट पठाइएका व्यक्तिलाई छुट्टै राखेर उपचार गर्नेगरि आइसोलेसन वार्ड बनाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

यस्तै, गाउँपालिकाले त्रिभुवन माविमा दश शैयाको क्वारेन्टाइन समेत निर्माण गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!