खोटाङका स्थानीय तहलाई करिब ३ अर्व ६ करोड अनुदान


सोलखुुम्बु, जेठ १६

खोटाङको १० स्थानीय तहका लागि संघीय बजेटबाट करिब ३ अर्व ६ करोड बजेट विनीयोजन भएको छ ।

विहीबार सरकारले आर्थिक वर्ष २०७७(०७८ को बजेट भाषण मार्फत जिल्लाका स्थानीयतहका लागि ३ अर्व ५ करोड ९९ लाख बजेट विनीयोजन गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि ५८ करोड ८६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि ४१ करोड ३१ लाख, ऐंसेलुखर्क गाउँपालिकाका लागि २९ करोड १५ लाख अनुदान आएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिकाका लागि २४ करोड ४२ लाख, खोटेहाङ गाउँपालिकामा ३२ करोड १ लाख, जन्तेढुंगा गाउँपालिकाका लागि २५ करोड ९५ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि ३१, करोड ९९ लाख, रावावेंसी गाउँपालिकाका लागि २१ करोड ९५ लाख, बराहपोखरी गाउँपालिकाका लागि २० करोड १० लाख, र साकेला गाउँपालिकाका लागि २० करोड २५ लाख अनुदान प्राप्त भएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!