खोटाङका वेपत्ता युवक सुनकोसीमा मृत फेला

वेपत्ता युवक सुनकोसीमा मृत फेला
दिलीप खत्री
खोटाङ फागुन
१५

खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानका २१ वर्षीय आशिष राई मृत फेला परेका छन् ।

गत फागुन ९ गते शिवरात्रीको दिन साथीहरुसँगै बराहपोखरी गाउँपालिका–५ पौवासेराको बंशिलाघाटमा रहेको झोलुंगे पुलतर्फ घुमफिर गर्न हिँडेका राई हप्ता दिनपछि मृत फेला परेका हुन् ।

बेपत्ता भएका राईको शव बुधबार देविस्थानकै कुटिटारस्थित सुनकोसी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।
राईको शव नदीको पानीले घुमाइरहेकै अवस्थामा भेटिएको थियो ।

उनको शव पुलभन्दा करिब ३ किलोमिटर तल फेला परेको देविस्थानका वडाध्यक्ष केदार राईले बताउनुभयो । लडेर, पानीमा डुबेर वा अन्य कारणले मृत्यु भएको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमपछि राईको मृत्युको कारण खुल्ने बताइएको छ । पोष्टमार्टमका लागि शव प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको छ ।

घट्नाको कानुनी प्रकृया पुरा गर्न तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाटै अनुसन्धान अधिकृत सहितको टोली खटाइएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु