खोटाङका थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि

खोटाङ, असार १४


खोटाङका थपचार जनामा कोरोना भाइरस पुष्टि भएको छ । आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार व्रिफिङमा खोटाङका २ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको बताएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार कोरोना पुष्टि हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका ३८ र १८ वर्षीय पुरुष, बुईपाका २५ वर्षीया महिला र ऐंसेलुखर्क गाउँपालिकाका–१ राखाबाङदेलका ३० वर्षीया महिला रहेका छन् । योसँगै खोटाङमा संक्रमितको संख्या ८ जना पुगेको छ । यस अघि हलेसी तुवाचुङ नगरपालिकाका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु चारैजना कोरोना जितेर घर फर्किसकेका छन् ।

यसैबीच, खोटाङबाट प्रहरी प्रधानकार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनले काजमा काम गरेको प्रहरी चौकीका प्रहरी र उनका परिवारको पिसिआर परिक्षणको तयारी गरिएको छ । बिदामा घर आएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी स्थित अस्थायी प्रहरी चौकी छितापोखरीमा काजमा महिना दिन विताएर काठ्माण्डौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि अस्थायी प्रहरी चौकी छितापोखरीमा कार्यरत ५ जनाप्रहरी, संक्रमति जवानका परिवारका ५ जना तथा सोही प्रहरी चौकीमा कार्यरत प्रहरीकै एक जना सदस्य गरी ११ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाइएको छ ।

प्रहरी र प्रभावित परिवारका सदस्य सँगै विभिन्न देशबाट आउने क्रममा भँडारेघाट स्थित क्वारेन्टीनमा राखिएका ३२ जनाको स्वाव संकलन गरेर आइतबार पिसिआर परिक्षणका लागि प्रदेश प्रयोगशाला बिराटनगर पठाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीले बताए।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!