खोङमादिङ पदमार्गले सोलुको अर्काे पर्यटन गन्तब्य निर्माण

बिक्रम श्रेष्ठ
सोलुखुम्बु-
सोलुखुम्बुको तल्लो क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण मानिएको छेस्काम–खोङमादिङ–मेरापिक पर्यटकीय पदमार्ग निर्माण भएको छ । नेपाल पर्यटन बोर्डको करिब २० लाखको लगानीमा मुद्धिखोला देखि वेइखो, माङगन, वेइखो हुँदै लार डाँडासम्म पदमार्ग सुधार तथा लार डाँडादेखि सग्गोल खोला हुँदै लुक्तुम्मासम्म नयाँ पदमार्ग निर्माण गरिएको हो । यसले सगरमाथा अबस्थीत जिल्लाको माथिल्लो क्षेत्र मात्रै नभइ तल्लो क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि महत्वपुर्ण आधार निर्माण भएको छ ।
यो पदमार्ग निर्माणमा हालसम्म द ग्रेट हिमायन टे«ल, संघीय मामला तथा संस्कृति मन्त्रालय तथा छेस्काम गाविसले समेत आंशिक रुपमा लगानी गरेको पदमार्ग प्रवद्र्धनका अभियान्ता एब उपभोक्ता समितिका अध्यक्ष सोभितमान कुलुङल बताए । देसभित्र रहेका पर्यटकीय गन्तव्यहरुको विकास, विस्तार र सुदृढिकरण गरी पर्यटकीय गन्तव्यहरुमा पर्यटकीय गतिविधिहरु वृद्धि गर्न अत्यावश्यक भौतिक पूर्वाधारको विकासका लागि स्थानीय सरकारी, गैरसरकारी तथा सरोकारवालाहरुको समेत सहभागितामा पदमार्ग निर्माण गरिएको अध्यक्ष कुलुङले जानकारी दिए ।
मेरापिक जानका लागि सोलुखुम्बुको तेन्जीङ हिलारी बिमानस्थल लुक्लाबाट पाँच हजार ४ सय १५ मिटरमा पर्ने नौलेख हुदंै मेरापीक पास गरेपछि सप्तकोशीको मुहान समेत रहेको तीन हजार सात सय मिटर गहिरो सेतीपोखरी भञ्ज्याङ पुगिन्छ । शेर्पेनीकोल पास गरेर आउने प्रस्तावित अपर ग्रेट हिमालयन टे«ल पनि सोही भञ्ज्याङमै मिसिन्छ । मेराला पास बाहेक उक्त भञ्ज्याङ पुग्नका लागि यात्रुहरुले पाँच हजार ८ सय १७ मिटर उचाईमा पर्ने लुक्ला–नाम्चे–टेङबोचे–मिङबोला पास, पाँच हजार आठ सय मिटरमा पर्ने लुक्ला–नाम्चे–छुकुङ–आम्फुलाम्चा पास, ६ हजार १ सय ३५ मिटरमा पर्ने तुम्लिङटार–मकालु आधारशिबिर–शेर्पेनीकोल पास, करिब तीन हजार नौ सयको रेन्जमा पर्ने तुम्लिङटार–ताम्कु–केन्पा–गौबित्ता पास गरेर चार बैकल्पिक बाटोहरु प्रयोग गदै आएका छन् ।
उक्त भञ्ज्याङ पुगेर फर्कनलाई पर्यटकहरुले माथि उल्लेख गरिएका शेर्पेनीकोल, आम्फुलाप्चा, मेराला, मिङमाला वा गौवित्तामध्ये कम्तीमा एउटा साहसिक बाटो पास गर्नैपर्ने हुन्छ । प्राय अचानक हिमपात भएको अवस्थामा उक्त भञ्ज्याङ पास गर्न नसकी धेरै विदेशी पर्यटकहरुलाई हेलिकप्टरद्वारा उद्वार गरिन्छ भने प्रायः खुम्बुक्षेत्रमा टे«किङमा मर्ने भरियाहरु प्रतिकुल मौसम भएको बेला उक्त भञ्ज्याङ पार गर्न नसकेर मर्ने गर्दछन् । यस्तो जोखिमपुर्ण यात्राका बावजुद पनि वर्षेनी हजारौ पर्यटकहरु मकालु, मेरा, बरुन्जे, चाम्लाङलगायतका प्रख्यात हिमालहरु चढ्न उक्त क्षेत्रमा जाने भएकाले उक्त भञ्ज्याङबाट कुनै हिमालहरु पास नगरी पहाड र चट्टानहरु छिचोल्दै आउने हुँगा खोलाको किनारै किनार एउटा उद्धार पर्यटन पदमार्गको विकास गर्न आवश्यक रहेको पर्यटन व्यवयसायी बताउँछन् ।
दुधकोशीमा आइ मिसिने हुँगा खोलाको किनारै किनार आएको पर्यटकहरु महाकुलुङ क्षेत्रको छेस्काम निस्केर बुङ, सोताङ, पावै, देउसा, मुक्ली, नेले, काँगेल हुँदै काँगेल विमानस्थल, त्यसैगरी नेले, गार्मा, सल्लेरी हुदै फाप्लु तथा नेले, नेचा, ओखलढुङ्गाको बर्णालु हुँदै रुम्जाटार विमानस्थल वा साल्पाडाँडा पास गरेर भोजपुरको दोभाने, चौकी डाँडाहुँदै सङ्खुवासभाको तुम्लिङटार विमानस्थल, पावै, लोखिम जुबु हुँदै खोटाङको लामिडाँडा तथा मनमाया खानी डाँडा विमानस्थलबाट गन्तव्यमा पुग्न सक्छन् ।
Nirman sampanna Khongmading  tourist route_santosh_solu
फाप्लु–सेतीपोखरी पर्यटन पदमार्गको विकास तथा प्रचारप्रसार गर्न सके तल्लो सोलुको समेत पर्यटनको विकास गर्नुका साथै त्यसक्षेत्रको आर्थिक विकासको ढोका खुल्छ । यसबाहेक उक्त सेतीपोखरी भञ्ज्याङबाट हिमालहरु पार गर्न नसक्नेहरुले यस मार्ग भएर फर्कंदा कुनै हिमाल पार गर्नु नपर्ने भएकोले यो बाटोलाई सुरक्षित अवतरणको बाटोको रुपमा पनि चिनाउनु र विकसित गर्नुपर्ने आवश्यकता रहेको सरोकारवालाहरु बताउँछन् ।
पदमार्गको पहाडी विकास तथा संरक्षण समूह नेपालको पहलमा टे«किङ एजेन्सिज एसोसियशन अफ नेपाल (टान), राष्ट्रिय योजना आयोगका पदाधिकारी, तत्कालीन संविधानसभा सदस्यको टोली र जिल्ला प्राविधिक कार्यालय सल्लेरीको टोलीले स्थलगत अनुगमन गरी श्रोत साधन उपलब्ध भए यस पदमार्गको विकास गर्न सकिने प्रतिवेदन ल्याएको स्थानीय पहाडी विकास तथा संरक्षण समूह नेपालको अध्यक्ष भलाकाजी कुलुङले बताए ।
यो मार्ग हुँदै जाने पर्यटकहरुले अनुकुल मौसम भएमा आम्फुलाप्चा पास गरेर गएपछि आइलम्पिक, सगरमाथा लगायतका हिमालहरु चढ्न सक्छन् । यस्तो अवस्थामा यो बाटो सोलुखुम्बुको दक्षिणी क्षेत्रबाट शुरु भई हिमाली क्षेत्रसम्म जोडिने हुनाले यस पदमार्गलाई साँस्कृतिक तथा पर्वतारोहण पर्यटन पदमार्गको रुपमा समेत चिनाउन सकिने बताइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु