‘खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन संभव’

सोलुखुम्बु – प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन संभव रहेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ स्तरीय कमिटीको आयोजनामा सोलुखुम्बुको सल्लेरीमा आजदेखि शुरु प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै राईले खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धन गर्न सकिने बताएका हुन् ।

खोटाङ र ओखलढुंगाका खेलाडीहरु खेल खेल्दै


फरक प्रसंगमा संघीय सांसद राईले जनचाहना अनुसार विकास भईरहेको दाबी गर्दै जनतालाई अनावश्ययक रुपमा भ्रम नछर्न नेपाली कांग्रेसका जनप्रतिनिधि तथा नेताहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारीले प्रदेशस्तरिय प्रतियोगीता सोलुखुम्बुमा हुनुले महत्व राख्ने बताए । उनले प्रतियोगीताका विजेतालाई नेकपा प्रदेश नं १ ले ५० हजार प्रोत्साहन रकम थप्ने बताए । फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश १ को १४ मध्ये ताप्लेजुङ बाहेक जिल्लाका खेलाडीको सहभागिता रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक वीर कुमार राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला लगायत राजनितिक दलका नेता तथा प्रतिनिधि, खेलकुद सम्बन्धि विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको बिजेताले क्रमशः एक लाख पचास हजार, एक लाख र पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । खेलाड, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई सगरमाथा लगायतका हिमश्रृंखलाको अवलोकन र ज्वालामाई देवीको दर्शनका लागि निशुल्क व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!