खुम्वुमा पर्यटकको चाप वाक्लीयो, दैनिक ३ लाख आम्दानी

भुपेन्द्र पौडेल,
सोलुखुम्वु, असोज २६

खुम्वुक्षेत्रका होटल व्यवसायीले दैनिक २÷३ लाख सम्म आम्दानी गर्न थालेका छन् । विदेशी पर्यटकको चाप बढेसंगै खुम्बुका होटल व्यवसायीले लाखौको आम्दानी गर्न थालेका हुन् ।

मौसम अनुकुल हुदा खुम्वुक्षेत्रमा कम्तिमा ५ सय जना सम्म पर्यटक दैनिक भित्रिने गरेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार दुई अढाई सय जना सम्म राख्न सक्ने क्षमता भएको सुविधा सम्पन्न होटलले दैनिक ३ लाख सम्म आम्दानी गर्दै आएको छ ।

पर्यटकीय सिजन भएकाले नाम्चेका होटल व्यवसायीलाई यो सिजनमा भ्याईनभ्याई भएको छ । विदेशिको चाप संगै खाद्यान्नको लागि कार्गो हेली र जहाजले नियमित उडान भरेकाले कुनै समस्या नभएको होटल व्यवसायीको भनाई छ ।

कार्गो हेली, जहाज र खच्चडले समेत अहिले खुम्वुक्षेत्रको लागि दैनिक सामान ढुवानी गर्दै आएको छ । खुम्वुक्षेत्र भित्रिएका अधिकांश विदेशी पर्यटक अहिले सगरमाथा वेश क्याम्प सहित गोक्यो, कालापथर, ल्होत्से लगायतका क्षेत्रमा जाने गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु