खुम्बूमा फ्रान्सेली पर्यटक मृत फेला


दिपेन्द्र पराजुली,
सोलुखुम्बु, कार्तिक २६

खुम्बुमा फ्रान्सेली पर्यटक मृत फेला परेका छन् । कार्तिक १९ गते खुम्बु भ्रमणका लागि आएका आर्मोएड हेबाच नाम गरेका ७२ वर्षिय फ्रान्सेली नागरिक मृत फेला परेका हुन् ।

खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर ४ लबुचेको नेश्नल पार्क होटलमा बास बसेकै स्थानमा आजविहान उनि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीको टोलीले आवश्यक कानुनि प्रक्रिया पुरा गरि सवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौ पठाईएको प्रहरी निरिक्षक उत्तम कार्किले जानकारी दिए । घट्ना बारे अनुसन्धान भैरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु