खुम्बु सरकारलाई कांग्रेसको विउ पुँजी हस्तान्तरण, जनता प्रतिको जिम्मेवारी नभुल्ने नेता शेर्पाको भनाई

सोलुखुम्बु, असार १२


नेपाली कांग्रेसका युवा नेता आङगेलु शेर्पाले नेपाली काग्रेसलाई जनताप्रतिको जिम्मेवारी पूरा गर्न सत्ता बाहिर हुनु वा नहुनुले कुनै फरक नपार्ने बताएका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व पार्टी सभापति समेत रहेका नेता शेर्पाले संकटमा सिंगो राष्ट्रलाई मिलाएको ईतिहास रहेको भन्दै यो घडीमा बृहत्तर एकताको खाँचो बताए ।

नेपाली कांग्रेस सोलुखुम्बुले स्थापना गरेको कोरोना पिडित तथा बेरोजगार राहात कोष स्थापनाका लागि जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासिल्हामु शेर्पालाई नगद ५० हजार विउ पुँजी हस्तान्तरण गर्दै नेता शेर्पाले पालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको निधनले सिंगो जिल्लालाई अपुरणीय क्षति पुगेको बताए ।

गाउँपालिकामा आयोजित हस्तान्तरण कार्यक्रममा नेपाली काँँग्रेस प्रदेश ख का सभापति कर्मा शेर्पाले आफुहरुले संकटको पूर्व तयारीका लागि जागरण अभियान संचालन गरेको बताए । विउ पुँजी ग्रहण गर्दै गाउँँपालिका कार्यबाहक अध्यक्ष शेर्पााले काँँग्रेसको यो अभियान सान्दर्भीक रहेको भन्दै अन्य पार्टीले समेत अनुसरण गर्न लायक रहेको धारणा व्यक्त गरे ।


कार्यक्रममा प्रदेश क का सभापति सुर्य कुलुङ, महाधिबेशन प्रतिनिधि सरला नाछिरिङ, काँग्रेस नेता गणेश बस्नेत, युवा नेता काजी शेर्पा, वडा नम्बर २ का काँँग्रेस सभापति लाखवीर तामाङ, वडा नम्बर ३ का सभापति ङिमा तेन्जी शेर्पा, लगाायतको उपस्थिति थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!