खुम्बु पासाङल्हामु गाउँपालिकालाई ‘पर्यटकीय स्थानीय तह’को प्रमाणपत्र

हिमाल एफ.एम.
सोलुखुम्बु, जेठ १७

खुम्बु पासाङल्हामु गाउँपालिकाले ‘पर्यटकीय स्थानीय तह’काप्रमाणपत्र प्राप्त गरेको छ । विराटनगरमा भएको एक कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्र सहित पचास लाख पुरस्कार रकम प्रदान गरेका हुन् ।

प्रदेश नं १ को चालु आर्थिक बर्षको बजेट सार्वजनिक कार्यक्रममा घोषणा गरेअनुरुप प्रदान गरिएको प्रमाणपत्र र पुरस्कारवापत्को चेक गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले ग्रहण गरेका हुन् ।

अध्यक्ष शेर्पाले प्रदेश सरकारको यस निर्णयले खुम्बु क्षेत्र र समग्र देशकै पर्यटन क्षेत्रको बिकासमा महत्वपुर्ण टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

खुम्बु क्षेत्रमा बर्षेनी ५० लाखको हाराहारीमा पर्यटकले भ्रमण गर्दै आएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु