खुम्बु पदमार्ग निर्माणमा पर्यटन मन्त्रालय र जिबिस सोलुको जुहारी

हिमाल एफ एम, भदौ – खुम्बु पदमार्ग अन्तर्गत सोलुखुम्बुको लुक्ला नजिकै सुर्केमा पहिरोग्रस्त बाटो निर्माणमा पर्यटन मन्त्रालय र जिबिस बीच जुहारी चलेको छ । सस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला बिकास समिति सोलुखुम्बु एक–अर्कालाइ दोष देखाएर पदमार्ग पुननिर्माणबाट पन्छीएका छन् । गत असार २३ गतेको पहिरोले खुम्बु भ्रमणमा जाने बाटो भत्कीएको थियो । अटम सिजनको पर्यटन सिजन सुरु भइसकेपनि बाटो निर्माणमा आलटाल भइरहेको हो । जिल्ला बिकास समितिले बाटो निर्माण गर्न आफुसंग बजेट नभएको बताइरहेको छ भने पर्यटन मन्त्रालयले पर्यटन रोयल्टी बापतको एक मुष्ट झण्डै ४० करोड रुपैयाँ जिबिसलाइ दिएको जनाएको छ । दुइ बर्ष अघि नै प्राप्त भएको उक्त रकम जिबिसले अहिले सम्म खर्च नगरि खातामै राखेको छ ।

जिल्ला बिकास समितिको खातामा रोयल्टीको रकम भएपनि सबै रकम बिभिन्न बिकास योजनामा छुटिसकेको स्थानिय बिकास अधिकारी महेश पराजुलीले बताए । योजनामा छुटिसकेको रकमलाइ आफ्नो मात्रै सक्रियतामा तत्काल पदमार्गमा प्रयोग गर्न नसक्ने उनले बताए । खुम्बु जाने बाटो नै नरोक्किएको एलडिओ पराजुलीको दाबी छ । केही हप्ता अघि जिल्ला बिकास समितिले पर्यटन कार्यलय नाम्चे मार्फत पर्यटन मन्त्रालयमा सुर्के पहिरोमा पदमार्ग निर्माणका लागि निबेदन दिएको थियो । त्यस पछि सो पदमार्ग निर्माणका लागि मन्त्रालय देखि जिबिस सम्मले चासो देखाएको थिएन । जिल्ला बिकास समितिले पहिरोको बाटो आफुले निर्माण नगर्ने बताएपछि भदौ ७ गते सो क्षेत्रका बासिन्दा मन्त्रालयमै पुगेका थिए । तर मन्त्रालयले पनि जिबिसलाइ नै पदमार्ग सुचारु गर्न लगाउने जवाफ दिए पछि स्थानिय पहिरो पिडित ब्यक्तिहरु अन्योलमा परेको स्थानिय अगुवा नाम्गेल शेर्पाले बताए । पर्यटन मन्त्रालयले भने खुम्बु पदमार्ग सुर्केमा अबरुद्ध बाटो निर्माणका लागि रोयल्टीकै रकम प्रयोग गर्न जिबिसलाइ लिखित निर्देशन दिएको छ । अबरुद्ध बाटो निर्माणमा जिल्ला बिकास समितिले आफुसंग बजेट नभएको भन्दै मन्त्रालयकै मुख ताकेपछि मन्त्रालयले लिखिति रुपमै बुधबार निर्देशन दिएको हो । गत बर्ष मात्रै सोलुखुम्बुको पर्यटन प्रबद्र्धनका लागि मन्त्रालयले हिमालको सलामी दस्तुरको रुपमा ४० करोड रुपैयाँ रकम दिएको भन्दै सोही बजेटबाट पदमार्ग पुन निर्माण गर्न जिल्ला बिकास समितिको नाममा लेखिएको निर्देशनमा उल्लेख छ । काठमाडौँ देखि सिधै हवाइजहाजबाट सगरमाथा क्षेत्र जाने पर्यटकलाइ उक्त पहिरोले कुनै असर नगर्ने भएपनि सदरमुकाम सल्लेरी हुदै पदमार्ग प्रयोग गर्न रुचाउने पर्यटकलाइ भने पुर्ण रुपमा असर गरेको छ । फाप्लु बिमानस्थल र सदरमुकामसम्म सडक समेत कालोपत्रे भइसकेकाले अहिले सयौँ पर्यटकहरु उक्त पदमार्ग भएर खुम्बु भ्रमणमा जाने गरेका छन् । झण्डै एक सय मिटर लामो पहिराले पुर्ण रुपमा बाटो बगाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु