खुम्बु क्षेत्रमा भारी वोक्ने मजदूर र पर्यटन व्यवसायीवीच सहमति

सोलुखुम्वु, २१ असोज ।
ज्याला कम भएको भन्दै असन्तुष्ट खुम्बु क्षेत्रमा भारी वोक्ने मजदूर र पर्यटन व्यवसायीवीच सहमति भएको छ । ट्रेकिङ एजेन्सिहरुले माग अनुसारको ज्याला नदिएको भन्दै विरोधमा उत्रिदै आएका मजदूरहरुलाई ज्याला दैनिक ज्याला वापत एक हजार ७ सय दिने भएपछि मजदुरहरु पर्यटकको भारी बोक्न सहमत भएको अखिल नेपाल पर्यटन मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो । यसअघि मजदुरहरुले टे«किङ एजेन्सिज एशोसियशन अफ नेपाल टान र सरोकारवालासंग संयुक्त रुपमा गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै भारी नबोक्ने निर्णय गरेका थिए । पर्यटन व्यवसाय नै ठप्प हुने भएपछि व्यवसायीहरु मजदुरलाई माग अनुसारको ज्याला दिन तयार भएको बताईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु