खुम्बुमा मासु आयतमा रोक


दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २०


सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाले मासु आयतमा रोक लगाएको छ ।

कोरोना परिक्षण बिना खुम्बुमा मानिस प्रवेशमा रोक लगाएको गाउँपालिकाले मासुजन्य पर्दाथ आयातमा पनि रोक लगाएको हो ।

कोरोना भाईरस संक्रमण जोखिम कम गर्नका लागि मासुका लागि राँगा, खसि, सुँगुर लगायतका पशु समेत गाउँपालिकाभित्र लैजान नपाईने भएको छ ।

बाहिरी गाउँपालिकाबाट जिउँदो पशु गाउँपालिका भित्र लगिएमा जफत गरिने गाउँपालिकाले चेतावनी दिएको छ ।

यसैबीच, गाउँपालिका भित्र अस्थायी रुपमा बसोबास गर्ने नागरिकलाई परिचय पत्र समेत वितरण गरेको छ ।

गाउँपालिकामा मानिसको आवगमन हुन थालेपछि अस्थाई रुपमा बसोबास गर्ने नागरिकलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाकी कार्यवहाक अध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी र्दिईन ।

साथै कामको शिलाशिलामा खुम्बुमा रहेका कामदारले जुन वडाबाट परिचय पत्र लिएका हुन सोहि वडामा मात्रै काम गर्नका लागि निर्देशन दिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!