खुम्बुमा पर्यटकहरुको चहलपहल बढ्न थाल्यो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, भदौ ५

पिक सिजन सुरु हुन लागेसँगै खुम्बु क्षेत्रमा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ ।

मौममा सुधार हुदै गएपछि आन्तरीक तथा बाहय पर्यटकहरुको चहलपहल बढ्न थालेको हो ।

साउन महिनामा आंशिक मात्रामा उडान भैरहेको लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थलमा अहिले १२ देखि १४ सम्म उडान हुदै आएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

अधिकांस पर्यटकहरु रामेछापको मन्थली हुदै आउने गरेका छन् भने कतिपय पर्यटक काठमाडौबाट आउने गरेका छन् ।

अफ सिजनमा खुम्बु क्षेत्रबाट बाहिरीएका होटल संचालक तथा कामदारहरु पनि खुम्बु भित्रिसकेको संवाददाता तोया श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले करिब ९ सयको हाराहरीमा पर्यटकहरु खुम्बु भित्रिसकेको संबाददाता श्रेष्ठको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु