खुम्बुमा पर्यटकबाट ४ करोड भन्दा बढि शुल्क

राधा ढुंगाना
सोलुखुम्बु, ९ पौष

सोलुखुम्बुको खुम्बुपासाङल्हमू गाउँपालिकाले खुम्बु प्रवेश गर्ने पर्यटकहरुवाट साढे ४ करोड भन्दा बढि शुल्क उठाएको छ । गाउँपालिकाले अक्टोबर १ तारिखबाट पर्यटक प्रवेश बापतको सुल्क उठाउन सुरु गरैसँगै अहिलेसम्म ४ करोड ४७ लाख १६ हजार रुपैया रकम उठाएको हो । गाउँपालिकाले एक जना पर्यटक बराबर २ हजारका दरले शुल्क उठाउने गरेको गाउँपालीकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताउनुभयो । अक्टोबर १ तारीख यता २२ हजार ३ सय ५८ जना पर्यटकहरु खुम्बु प्रवेश गरीसकेका छन् । पर्यटकीय सिजन सुरु हुनु अगावै पर्यटकहरु खुम्बु प्रवेश गरेको भएपनि गाउँपालीकाको निर्णय अनुसार कार्यलयले अक्टोवर १ तारिखदेखि मात्रै पर्यटकीय सुल्क उठाउन थालेको हो ।

गाउँपालीकाको कार्यलयले अक्टोबर महिनामा २ करोड ८२ लाख ५६ हजार रुपैया रकम पर्यटकीय शुल्क उठाएको थियो । सो महिना १४ हजार १ सय २८ पर्यटक खुम्बु प्रवेश गरेका थिए । गाउँपालीकाले नोभेम्बर महिनामा पर्यटकबाट १ करोड ३३ लाख ५२ हजार रुपैया रकम पर्यटकीय शुल्क उठाएको छ । सो महिनामा ६ हजार ६ सय ७६ जना पर्यटकहरु खुम्बु भ्रमणमा आएको गाउँपालीकाका प्रवक्ता शेर्पाले बताउनुभयो ।

पर्यटकीय अन्तीम सिजन डिसेम्बरको अहिलेसम्म १५ सय ५४ जना पर्यटकहरु खुम्बु प्रवेश गरीसकेका छन् । सोहि पर्यटकहरुबाट ३१ लाख ८ हजार पर्यटकीय शुल्क संकलन भएको छ । गाउँपालिकाको तथ्यांक अनुसार अक्टोबर महिनादेखि अहिलेसम्म २२ हजार ३ सय ५८ जना पर्यटकहरु खुम्बु प्रवेश गरीसकेका छन् ।

पर्यटकीय सिजन सकिएपनि पर्यटकहरु खुम्बु प्रवेश गर्ने क्रम अझै जारी छ । अहिले पनि दैनिक रुपमा १ सय जनाको हाराहारीमा पर्यटकहरु खुम्बु प्रवेश गरीरहेको गाउँपालीकाको कार्यलयले जनाएको छ । गाँउपालिकाले व्यवसायीहरुको व्यापक विरोधका बीच पनि खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकसँग प्रति पर्यटक दुई हजार रुपैयाँका दरले प्रवेश शूल्क उठाईरहेको छ । सो निर्णय कार्यान्वयन गरेसँगै गाउँपालिकाले पर्यटन विभाग र टानले लागु गरेको टिम्स कार्ड समेत बहिस्कार गरेको छ ।

पर्यटकले मन्जोमा टिम्स कार्ड वापत दुई हजार तिर्दै आएका थिए । बर्षौ देखि उठाईएको करोडौ रकम खुम्बु क्षेत्रको पर्यटन विकासको क्षेत्रमा खर्च नगरिएकाले र संविधानतः स्थानीय निकायले पर्यटकलाई प्रवेश शुल्क निर्धारण गर्न पाउने व्यवस्था अनुसार नै कार्यको थालनी गरिएको गाउँपालिका अध्यक्ष निमदोर्जि शेर्पाले बताउनुभयो ।

पर्यटन प्रवेश शुल्कले सवै वडाबाट योजना र विशेष गरी पर्यटक प्रवद्र्धनमा प्राथमिकता दिई रकम खर्च गरिने गाउँपालीकाको योजना रहेको छ । सोहि रकम पर्यटक मजदुर, लुक्ला र नाम्चे बजार क्षेत्र बाहेक अन्य क्षेत्रको बाटो जोखिमपुर्ण रहेकोले लुक्ला देखि बेसक्याम्प सम्मको बाटो मर्मत सुधार, पर्यटन पुर्वाधार विकास लगाएतका क्षेत्रमा खर्च गरिने जनाईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु