खुम्बु पासाङल्हामु गाउँपालिकाले पुर्वाधार निर्माणलाई दियो जोड

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, कार्तिक १९

पर्यटकिय गाउँपालिका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन वर्ष सन् २०२० लाई लक्षितगरि पुर्वाधार निर्माणलाई जोड दिएको छ । चालु आर्थिक वर्षमा भ्रमण बर्ष २०२० मनाउनैका लागि २ लाख ५० हजार बजेट बिनियोजन समेत गरेको छ । गाउँपालिकाले सगरमाथा लगायतका हिमश्रृङखला अवलोकन तथा आरोहणका लागि आउने पर्यटकहरुको सहजताका लागि पदमार्ग निर्माण र सार्वजनिक शौचालय निर्माणलाई तीब्रता दिएको पालिकाले जनाएको छ ।

पाङबोचेदेखि निर्माण सुरु गरिएको एभरेष्ट ट्रेकिङ ट्रेलको काम जारी रहेको गाउँपालिकाका प्रमख प्रशासकिय अधिकृत गोपाल घिमिरेले बताउनुभयो । ट्रेकिङ ट्रेल निमार्णका लागी १ करोड २० लाख बजेटसमेत गाउँपालिकाले छुट्टाएको छ । यस्तै, पदमार्गमा सार्वजनिक शौचालय निर्माणका लागि टेण्डरको काम भेैरहेकाले केही दिन पछि काम सुरु हुने घिमिरेको भनाई छ । पर्यटकहरुलाई पद यात्राका क्रममा सहजताका लागी प्रत्येक साँढे २÷२ किलोमिटरको अन्तरमा लुक्ला देखि दिङबोचे सम्म १ करोड ५० लाखको लागतमा शौचालय निर्माण हुनेछन् ।
गाँउपालिकाका ५ वटै वडाबिच छलफल गरेर टोल तथा गाउँ सरसफाई लगायतका काम गरिरहेको प्रमुखप्रसासकिय अधिकृत घिमिरेको भनाई छ । सफाहराभरा खुम्बु निर्माणका लागि हिमालहरुको फोहोर मैला व्यवस्थापन गर्नका लागि ५० लाख बजेट बिनियोजन गरेको र यसको काम पनि भैरहेको बताईएको छ । पर्यटन वर्षलाई लक्षित गरि गाउँपालिकाले नाम्चे बजार व्यवस्थापनको काम गरिरहेको छ । चालु आर्थिक वर्षको ४० लाख बजेटबाट उक्त काम भैरहेको बताईएको छ ।

गाउँपालिकाले पर्यटन वर्षलाई लक्षित गरि सडक निर्माणलाई पनि तीब्रता दिएको छ । हाल सम्म खुम्बु पासाङल्हमु गाँउपालिका भित्र ४ किलो मिटर सडक ट्रयाक ओपन गरिएको छ । जस मध्ये हाल ओर्लाङ्घाट देखी खरिखोला जोड्ने ५० मिटर सडक संचालनमा नरहेकाले सुचारु गर्नका लागि पहल भैरहेको बताईएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका र माप्य दुधकोशी गाउपालिका बिच सडक ट्रयाक ओपन र मोटरेवल पुल निर्माण गर्ने बिषयमा ८ बूँदे सम्झौता गरिएको छ ।

प्रमखु प्रसाकिय अधिकृत घिमिरेले हिमाल एफ.एम. सँग कुरा गर्दे भौगोलिक कठिनाईका बाबजुत पनि पर्यटकलाई आकर्षित गर्नका लागि साँस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम सञ्चालनगर्ने योजना रहेको बताउनुभयो । पर्यटन वर्षलाई लक्षित गरि भौतिक पूर्वाधार तर्फ तेन्जिङ हिलारी विमानस्थलको स्तर उन्नतिको पहल, गाउँपालिकामा केबलकार निर्माणको लागि संभाव्यता अध्ययनको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु