खुम्बुपासाङल्हमू गाउँपालिकाले ल्यायो पुरक बजेट

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस १०

खुम्बुपासाङल्हमू गाउँपालिकाले पुरक बजेट ल्याएको छ । आईतबार बसेको चौथो गाउ सभा (हिउदे अधिवेशन)ले ८ करोड ८५ लाख ९ हजारको पुरक बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष अध्यक्ष ङिमदोर्जी शेर्पाको अध्यक्षतामा बसेको सभाले चालु आर्थिक बर्षमा कार्यान्वयन गर्ने गरि पुल, सडक, गुम्बा, ढल, खानेपानी लगायतका क्षेत्रलाई समाबेश गरि बजेट ल्याएको प्रवक्ता हाक्पाछिरी शेर्पाले जानकारी दिए ।

माप्य दुधकोशी गाउँपालिकासंगको सहकार्यमा निर्माण गरिने ओर्लाङघाट स्थित दुधकोशी नदिमा पुल निर्माणको लागि एक करोड ८० लाख रकम विनियोजन गरिएको छ । ओर्लाङघाट देखि खरिखोलासम्मको ट्रयाक ओपनका लागि एक करोड ५० लाख रकम विनियोजन गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए । खरिखोलामा बसपार्क निर्माणका लागि जग्गा खरिद गर्न ६० लाख, खरिखोला क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि ४० लाख बजेट व्यवस्थापन गरेको छ ।

सभाले लुक्ला बजारमा ढल निर्माणका लागि ५० लाख, नाम्चेको साप्ताहिक हाट व्यवस्थापनका लागि ५० लाख, चौरीखर्कमा रहेको टेखुङमा गुम्बाको दवाङ निर्माणको लागि ४० लाख र फोर्चे गुम्बाको देवाङ निर्माणको लागि ६० लाख रकम विनियोजन गरेको छ । खुम्जुङ माविमा पुरानो भवन मर्मत र विज्ञान प्रयोगशाला निर्माणको लागि २० लाख अनुदान, अप्टिकल फाईबर सर्वेका लागि ५ लाख र खुम्जुङ देखि खुन्दे सम्म ढल निर्माणको डिपिआर तयार पार्नका लागि १० लाख रकम विनियोजन गरिएको प्रवक्ता शेर्पाले बताए ।

सभाले प्रशासनिक कार्यविधि २०७५ पास गरी लागु गर्ने निर्णय समेत गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!