खुम्बुपासाङल्हमू गाउँपालिकाले मन्त्रीस्तरिय निर्णय नमान्ने, अदालतको आदेश मात्र मान्ने

शिखर गजरकोटे
सोलुखुम्बु, २३ असोज

मन्त्रीस्तरिय वैठकवाट पर्यटक प्रवेश शुल्क उठाउन रोक लगाउन गरेको निर्णय खुम्बु पासाङल्हमू गाउँपालिकाले नमान्ने भएको छ । सरकारले स्थानीय तहले उठाउन पाउने कर सम्बनधी कानुन निर्माणकै क्रममा रहेकाले आफूखुसि उठाउन थालिएको शुल्क उठाउनमा रोक लगाउने गरि निर्णय गरिएको भएपनि गाउँपालिकाले संवैधानिक रुपमा गरिएको निर्णयवाट फिर्ता नहुने अध्यक्ष निमदोर्जी शेर्पाले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हिजो संघीय मामिला तथा स्थानीय विकास मनत्रालयलाई पत्र लेख्दै गाउँपालिकाले एकलौटी रुपमा शुल्क उठाउने कार्यलाई रोक्न आवश्यक निर्देशन दिन अनुरोध गरेको छ । उड्यन मन्त्रालयका उपसचिब प्रकाश शर्मा ढकालद्धारा हस्ताक्षरित पत्रको बोधार्थ पर्यटन विभाग र नेपाल पर्यटन बोर्डलाई समेत पठाइएको छ ।

गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पाले गाउँपालिकाको नाममा पत्र नआएकोले शुल्क उठाउने कार्य जारी रहने बताउनुभयो । रोक्नका लागि पत्र आए के गर्नुहुन्छ भन्ने हिमाल एफ एमको प्रश्नमा अध्यक्ष शेर्पाले पत्रको जवाफ पठाउने तयारीमा रहेको प्रतिक्रिया दिनुभयो । उहाँले अदालतले रोक्नका लागि आदेश दिएमात्र निर्णयवाट पछि हट्न सक्ने संकेत समेत गर्नुभएको छ । अध्यक्ष शेर्पाले बर्षौ देखि उठाईएको करोडौ रकम पर्यटन विकासमा खर्च नभएकाले पनि खुम्बु क्षेत्रमा पर्यटनको विकासका लागि शुल्क उठाउने निर्णय गरिएको बताउनुभयो ।

गाँउपालिकाले गत अक्टोबर १ देखि विदेशी पर्यटकबाट प्रतिव्यक्ति दुई हजारको दरले प्रवेश शुल्क उठाउदै आएको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) मार्फत संकलन हुँदै आएको टिम्स शुल्क लागु नहुने बताउदै आएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु