खुम्बुपासाङल्हमू गाउँपालिकामा एमाले विजयी

विक्रम श्रेष्ठ/शिखर गजरकोटे,
सोलुखुम्बु, १७ असार

सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा निमदोर्जी शेर्पा बिजयी हुनुभएको हो । शेर्पाले १४ सय २४ मत ल्याउदा प्रतिद्धन्द्धी काग्रेसका उम्मेद्धार चुङबा शेर्पा १४ सय २ मत प्राप्त गर्नुभएको थियोे ।

यस्तै उपाध्यक्षमा पनि १४ सय २१ मत प्राप्त गर्दै एमालेकी टसील्हमु शेर्पा विजयी हुनुभएको छ । काग्रेस उमेदवारले ८ सय ६ मत ल्याउदै उपाध्यक्षमा पराजीत भएको हो । यस्तै नेकपा माओबादी केन्द्रले उपाध्यक्षका उमेदवार नाम्गेल शेर्पालाई उम्मेद्धार बनाएको थियो । उहाँले सात सय ७७ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको ५ वटै वडामा एमालेका सम्पुर्ण उम्मेद्धार विजयी भएका छन् ।

खुम्बु पासाङल्हमु संगै सोलुमा एमालेको तेस्रो जित हो । यस अघि एमाले दुधकोशी र सोताङ गाउँपालिकामा विजयी भइरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु