खुम्बुको सुर्के खोलामा बाढीले पुल बगाउँदा स्थानियलाई आवताजावतमा समस्या, ५० घरधुरी अन्धकारमा बस्न बाध्य


दिपेन्द्र पराजुली,
सोलुखुम्बु, भदौ २९

खुम्बुको सुर्केखोलामा आएको बाढिले फलामे पुल बगाउँदा स्थानियलाई आवतजावतमा समस्या भएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका–२ स्थित सुर्के खोलामा गत बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा स्थानियलाई सामान ढुवानि तथा आवातजावत समस्या भएको हो ।

बाढिले पुल बगाएपछि पर्यटकीय सिजनमा आउने पर्यटक तथा भरीयाको सहजताका लागि स्थानियले काठको फड्के बनाएका छन् । पुल बगाएपछि खुम्बुमा खच्चडमा मार्फत ढुवानि गरिने सामान अहिले हेलीकप्टरमार्फत फाप्लुबाट ओर्सानुपर्ने अवस्था सिर्जना भएको संवाददाता तोया श्रेष्ठले बताउनुभयो । पुलबाट पर्यटकका लागि आवश्यक खाद्यान्नको सामान तथा लत्ताकपडा खच्चड र घोडाको प्रयोग गरी ढुवानी गरिदै आईएको थियो ।

यसैबीच बाढिले सुर्केखोला पेल्ट्रीकसेटको पाइप र ट्यांकी बगाएपछि ५० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् आपूर्ति बन्द भएपछि स्थानियले बैकल्पिक स्रोतको व्यवस्था गर्नका लागि गाउँपालिका संग माग गरेको संवाददाता श्रेष्ठको भनाई छ । सोहि खोलामा आवश्यक अध्ययन गरि पुल निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु