खुम्बुका कृषकलाई औजार वितरण

शिखर गजरकोटे,
सोलुखुम्बु, भाद्र १

सोलुखुम्बुको खुम्बुपासाङल्हामू गाउपालिका वडा नं ५ ले कृषकहरुलाई आधुनिक औजार वितरण गरेको छ ।

कृषि उत्पादनमा परनिर्भर रहेको खुम्बुमा व्यवसायीक कृषिलाई बढवा दिनका लागि आधुनिक कृषि औजार वितरण गरिएको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो । कृषि औजार वितरण वडा नं ५ का वडाध्यक्ष छिरीङ पेन्जो शेर्पाले गर्नुभएको हो ।

आज कृषकहरूलाई निःशुल्क औजार वितरण गरिएको छ भने औजार चलाउने तालिम समेत दिईएको हो । बारी खन्न र जोत्न प्रयोग गरीने आठ थान मिनिटिलर र घाँस काट्न प्रयोग गरिने आठ थान मेसिन कृषकलाई वितरण गरिएको हो ।

आर्थिक बर्ष बर्ष २०७४–७५ को २० लाख रकमवाट औजार खरिद गरिएको वडा कार्यालयले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु