खुम्जुङमा एटिएम सेवा

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस १५

खुम्बुपासाङल्हमु गाउँपालिका ४ खुम्जुङवाट एटिएम सेवा प्राप्त गर्न सकिने भएको छ । समुन्द्रिसतह देखि ३ हजार ७९० मिटरको उचाईमा रहेको खुम्जुङमा सिदार्थ बैँकले एटिएम सेवा उपलब्ध गराउने भएपछि पर्यटक र गाइडले सेवा पाउने भएका छन् ।

नाम्चेबजार भन्दा माथि बैंकिङ प्रणाली पहिलो पटक स्थापना गर्न लागिएको हो । शनिबार स्याङबोचे विमानस्थलमा पु¥याईएको एटिएम मेसिनलाई खुम्जुङसम्म स्थानीय यूवाहरुको पहलमा लैजाने तयारी गरिएको वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए । अध्यक्ष अधिकारीले भने, ‘वडा कार्यालयको पहलमा एटिएम सेवा शुरु हुन लागेकाले सुरक्षा र व्यवस्थापनको जिम्मा पनि वडाकै हुनेछ ।’ एसि जडित एटिएम मेसिन ४ सय ५० केजी रहेको छ भने एटिएम बैँकका कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले वडाअध्यक्ष लक्ष्मण अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

एटिएम मेसिन संचालनमा आएपछि माथिल्लो क्षेत्र खुम्जुङ, खुन्दे, फोर्चे, दोले, गोक्यो, ठाङनाक लगायतका वस्तिमा स्थानीयलाई पैसा निकानका लागि नाम्चेबजारसम्म धाउनुपर्ने बाध्यता हट्नेछ । ‘विजुलीको व्यवस्थापन पनि भईसकेकाले मेसिन खुम्जुङ पु¥याउनासाथ संचालनमा ल्याईनेछ ।’ अध्यक्ष अधिकारीले भने, ‘केहि दिनमा नै एटिएम संचालन गछौ ।’

एटिएम सेवाले खुम्बु घुम्ने क्रममा पैसा सकिए पर्यटक र गाइडले आफ्नो खातामा रहेको आवश्यक पैसा झिक्न सक्नेछन् । वडाअध्यक्ष अधिकारीले उच्च हिमाली क्षेत्रको भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै फोर्चे र पाङबोचेमा शाखारहित बैंक सेवा स्थापना गर्ने योजना रहेको बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु