खिजिचण्डेश्वरीमा सोमबार परीक्षण उडान

सोलुखुम्बु, मंसिर ५

भर्खर निर्माण सकिएको ओखलढुंगाको खिजीचण्डेश्वरी विमानस्थलमा आगामी सोमबार परीक्षण उडान हुने भएको छ । १३ वर्षपछि ३ करोड बढी खर्चेर बनाइएको उक्त विमानस्थलमा नागरिक उड्ययन प्राधिकरणको व्यवस्थापनमा सोमबार विहान साढे ८ बजे तारा एयरले परीक्षण उडान भर्न लागेको जानकारी पाएको खिजिदेम्बा गाउँपालिका अध्यक्ष बेद बहादुर रोकाले जानकारी दिए ।

यसअघि मंसिर १ मा प्रतिनिधि सभा सदस्य यज्ञराज सुनु्वार, नागरिक उड्ययन प्राधिकरणका ईन्जनियर तथा आयोजना प्रमुख विनायक भट्टराई, तारा एयरका अपरेशन म्यानेजर शान्ता प्रजापति, क्याप्टेन सन्तोष शाह लगायतले विमानस्थलको धावन मार्गको अनुगमन गरेका थिए ।

२०६३ सालबाट निर्माण शुरु विमानस्थलमा परीक्षण उडान सफल भएर नियमित उडान हुन सके त्यसभेगका सर्वसाधारण लाभान्वित हुनेछन् । खिजीसम्म जहाजमा पुग्ने पर्यटकलाई देम्वा, पिके हुँदै सगरमाथा जाने पदमार्गका लागि सहज हुने र विमानस्थलबाट ४ घण्टा पैदल दुरीमा पर्ने नेपालका ७ अग्लामध्येको एक देम्वाडाँडाको प्रर्वद्धनमा समेत टेवा पुग्ने आशा राखिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!