खालिङ भवन पूर्णतामा रकम अभाव

सोनी राई
सोलुखुम्बु, असोज २५

सोलुखुम्बुको माप्य दुधकोसी गाँउपालिका ५ काँकु स्थित नव निर्मित खालिङको भवन पूर्णताका लागि रकम अभाव भएको छ ।

गत आर्थिक वर्षमा गाँउपालिकाबाट विनियोजन भएको १८ लाख रकममा भवन ठड्याईएको भए पनि पूर्णताका लागि रकम अपुग भएको हो । एक तले एक कोठे खालिङ भवन निर्माणका लागि करिब ५८ सालमा होल खनिएको थियो ।

पालिकाले किस्ता किस्तामा अपुग रकम छुटाएकाले भवन निर्माणको काम लम्बिएको किरात खालिङ उत्थान समाजका पूर्वाध्यक्ष टम्बर राईले बताउनुभयो ।

भवन निर्माणका लागि पालिकाले १८ लाख रकम विनियोजन गरेको थियो तर निर्माण भईसक्दासम्ममा साढे २५ लाखको विल उठेको राईको भनाई छ । वडा अध्यक्ष निमराज तामाङले चालु आर्थिक वर्षमा भवनका लागि वजेट विनियोजन नभएको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु