खानेपानी आयोजनाको काममा चरम ढिला सुस्ती, निर्माण सम्पन्न नहुदै पग्लियो पाईप

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, भदौ १३

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको बाराहामा सञ्चालन भएको मझुवा बाराहा खानेपानी आयोजनाको काममा चरम ढिलासुस्ती भएको छ ।

बाराहा क्षेत्रमा रहेको खानेपानी समस्या समाधानका लागि जिल्ला खानेपानी कार्यलय उदयपुरबाट २०७२ सालबाट सुरु भएको खानेपानी आयोजनाको काममा चरम ढिलासुस्ती भएको देखिएको हो ।

चालु आर्थिक वर्षको अन्त्यमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाको काम हाल सम्म ६० प्रतिशत काम सकिएको उपभोक्ता समतिले दाबि गरेको छ । निर्माण उपभोक्ता समिति र जिल्ला खानेपानी कार्यलयसँग ८८ लाख रुपैँया बजेटमा २२ वटा धारा निर्माण गर्ने गरि सम्झैता भएको थियो ।

४ वर्षको अवधिमा ११ वटा धारा निर्माण, रिजर्भ ट्याङकि निर्माण र पाईपलाईन बिस्तार भएको छ । ट्याङकिबाट धाराहरुमा शाखा विस्तार र ११ वटा धारा निर्माणको काम बाँकि रहेको छ ।

सडक अबरुद्ध हुँदा समान ढुवानी गर्न नसकिएकाले काममा ढिला सुस्ती भएको उपभोक्ता समितिका अध्यक्ष कुलदिप खत्रिले बताउनुभयो । निर्माण सम्पन्न नहुँदै टाँगिएको खानेपानी आयोजनाको करिब डेढ सय मिटर पाईप घामले पग्लिएको छ ।

जिल्ला खानेपानी कार्यलयले उपलब्ध गराएको ५० एम.एम.को पाईप घामले पग्लिएर कामै नलाग्ने भएको हो । जमिन मुनि पाएप गाडेर ल्याउनुपर्ने भएपनि कुनै ठाउँमा रुखमा बाधेर टागिएकाले पाएप चर्को घामले पग्लिएको सहकर्मी गुरुमणि कुमाईले जानकारी दिनुभयो । हाल सम्म उपभोक्ता समितिले २२ लाख रुपैया पैसा निकासा गरिसकेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु