खानेपानीका लागि सल्यानमा सोलुखोलाको पानी पम्पिङ गरिने

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, साउन ११

सोलुखु्म्बुको सल्यानमा सोलुखोलाको पानी पम्पिङ गरि खानेपानीको समस्या समाधान गरिने भएको छ ।
नेचासल्यान गाँउपालिका २ स्थित साविकको सल्यान वडा नम्बर १ चौतारा, २ पुरानागाँउ, ३ थामडाँडा र ४ दोदीमा रहेको खानेपानीको समस्या समाधानका ठाडोखोला र सोलुखोलाबाट पानी पम्पिङ गरि वितरण गरिने तयारी गरिएको छ ।

पानी पम्पिङका लागि डिपिआर तयार पारिसकिएको वडा नम्बर २ का वडाध्यक्ष भेषकुमार बास्तोलाले बताउनुभयो । चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि १३ लाख बजेट बिनियोजन गरिएको छ ।

आगामी कार्तिकबाट स्थलगत काम थालिने अध्यक्ष बास्तोलाको भनाई छ । खोलाबाट ३ वटा पम्पिङ मेसिनबाट पानि तानि थामडाँडामा रिजर्भ ट्याङकी निर्माण गरि खानेपानी वितरण गरिने आयोजनाबाट २ हजार भन्दा बढि उपभोक्ता लाभान्वित हने छन् ।

वर्षातको समयमा पनि चौतारा, स्याखिने, थामडाँडा, जोगिडाडाँ, निरौला टोलका नागरिक पानीको चाहो गर्नका लागि घण्टौ समय खर्चिनुपर्ने बाध्यता रहेको छ । आफ्नै कार्यकालमा खानेपानीको समस्या समाधन गर्न आफु प्रतिबद्द रहेको वडाध्यक्ष बास्तोलाको भनाइ छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु