खरिखोलामा इन्भेस्टमेन्ट बैंकको शाखा

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र १

खुम्बुपासाङल्हमु गाउँपालिका १ खरिखोलामा नेपाल इन्भेस्टमेन्ट बैंकले शाखा विस्तार गरेको छ । विहिबार गरिएको औपचारिक उद्घाटन संगै खरिखोला क्षेत्रका सर्वसाधारण हर्षित भएका छन् ।

बैँकले शुक्रबारबाट कारोबार शुरु गरेपछि बैङिकङ कारोबारका लागि घण्टौ हिडेर सल्लेरी र लुक्ला धाउदै आएका सर्वसाधारणमा खसि छाएको हो । (क) बर्गको इजाजत प्राप्त बैंकले पृथ्वी रेमिट समेत सन्चालनमा ल्याएपछि वैदेशीककारोबारमा समेत सहज हुने आशा राखिएको छ ।

गाउँपालिकाको लुक्ला बजारमा नेपाल इन्भेस्टमेन्ट बैंकले सेवा प्रदान गरिरहेको छ भने नाम्चेबजारमा बाणिज्य बैँकको शाखा संचालनमा छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु