खराब कर्जा असुलीले बाणिज्य बैक सल्लेरी उक्सीयोे, आम्दानी २ करोड १७ लाख, नाफा ६९ लाख

बिक्रम श्रेष्ठ सोलुखुम्बु,- राष्ट्रिय बाणिज्य बैक सल्लेरीले शाखाले गएको आर्थिक बर्षमा ६९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
आर्थिक बर्ष ०७१–७२ मा ५ लाख रुपैयाँ घाटामा गएको बाणिज्यले यस बर्ष मेहेनत गरि खराब कर्जा असुलीमा खटे पछि राम्रो नाफा कमाएको हो । असार मसान्त सम्म २ करोड १७ लाख रुपैयाँ कुल आम्दानी गरेको बाणिज्य बैक सल्लेरीका प्रबन्धक नेत्रप्रसाद भुषालले बताए ।

यस अघि खराब कर्जा असुलीमा खासै प्रगती गर्न नसकेको बाािण्ज्यले गएको बर्ष बिभिन्न छुट अबसर प्रदान गर्दै आफ्नो गुमेको रकम फीर्ता लिएको हो । अहिले १४ करोड २१ लाख ९२ हजार कर्जा प्रबाह गरेको उस्ले १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन रहेको जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु