खरको छाना मुक्त अभियान : सोलुखुम्बुका १२८९ घरको खरको छानो फेरिने

सोलुखुम्बु, असार २९


सोलुखुम्बुका अति विपन्न १२८९ घरको छानो फेरिने भएको छ । सरकारको ‘सुरक्षित नागरिक आवास निर्माण कार्यक्रम’ अन्तरगत आगामी आर्थिक बर्ष २०७७–७८ मा जिल्लाका ८ वटै स्थानीय तहका १२८९ घरधुरीलाई खरको छाना विस्थापन गरि जस्तापात लगाउनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।


सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरविर’को पहलमा शहरी विकास मन्त्रालय अन्तरगत संचालनमा आउने कार्यक्रममा सोलुखुम्बुका लागि ठूलो संख्या स्विकृत भएको सांसद राईका स्वकीय सचिब भुपेन्द्र कट्टेलले जानकारी दिए । सांसद राईले सामाजिक स१जाल फेसबुकमा लेखेका छन्, ‘बाँकी रहेको जनताको खरको छाना विस्थापित गर्दै जस्तापाता लगाउने कार्यलाई आगामी बर्ष पनि निरन्तर योजना कार्यक्रममा पारिने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’


खरको छाना विस्थापनको काम चालु आर्थिक बर्ष २०७६–७७ देखि नेचासल्यान गाउँपालिकाबाट शुरु गरिसकिएको छ । नेचासल्यानका २५ घरधुरीलाई खरको छाना विस्थापनका लागि पहिलो किस्तावापतको रकम प्रदान गरिसकिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!