खबरदारि लाई आत्मसाथ नगरे जिल्ला जिल्ला कब्जा गर्ने एमाओबादि अध्यक्ष प्रचण्डको चेताबनी

हिमाल एफ.एम फागुन १६ ।
३० दलिय मोर्चाका संयोजक एबम् एमाओबादि अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्तारुढ काग्रेश एमालेले आफ्नो ब्ययबहार नसच्याए आफै खरानी भएर जाने चेताबनी दिनुभएको छ । ३० दलिय मोर्चाले राजधानीको टुडिखेलमा आयोजना गरेको बृहत जनसभालाई संबोधन गर्दै मोर्चाका संयोजक प्रचण्डले सत्तारुढ दलहरुले बहुमतको दम्भ देखाएर परिबर्तनका आन्दोलनलाई संस्थागत गर्न नदिने खेलमा लागेको आरोप लगाउनुभयो ।
30-Party-Protest-banner
उहाले सत्तारुढ दलहरुले खबरदारि अभियानलाई आत्मसाथ गर्न नसके प्रत्येक जिल्ला कब्जा गर्ने चेताबनी समेत दिनुभयो । त्यस्तै एमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ कांग्रेस–एमालेलाई ”कलर ब्लाइन्ड”को संज्ञा दिएका छन् । खुलामञ्चमा शनिबार भएको विपÔी सभालाई सम्बोधन गर्दै भट्टराईले ”कलर ब्लाइन्ड”को उपचार गर्न ढिला भएको बताए । भट्टराईले माघ ११ गते प्रक्रियामा लगेस“गै संविधानसभा अपहरण्ँ भएको भन्दै त्यसलाई आन्दोलनबाटै फिर्ता गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सत्तारुढ दलले ०४७ सालको संविधान फिर्ता ल्याउने प्रयास गरेपछि राजनीतिक आन्दोलन नटुंगिएको बताए । भट्टराईले दोस्रो संविधानसभामा एमाओवादी–मधेसी खुम्चिनुलाई हात्ती दुब्लाएको टिप्पण्ँी गरे । त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका बरिठ उपाध्यÔ हृदयश त्रिपाठीले ३० दलीय मोर्चाको जनसभामा सहभागीहरु नेपाली नागरिक नै भएकोले विहारबाट आएको भनेर भ्रममा नपर्न कांग्रेस–एमालेलाई आग्रह गरेका छन् । विगतका सहमति पालना नभएसम्म वार्ता नगर्ने भन्दै उनले आन्दोलन निविर्कल्प भएको बताए । मधेसी जनअधिकार फोरम नेपालका अध्यÔ उपेन्द्र यादवले विद्रोहबाट काठमाडौं कब्जा गर्ने चेतावनी दिएका छन् । ३० दलीय मोर्चाको आमसभामा यादवले विद्रोह गरेर काठमाडौं कब्जा गर्ने र नया“ संविधान बनाउने बताए । जनता विद्रोहका लागि तयार रहेको भन्दै उनले खुट्टा नकमाउन आन्दोलनकारी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु