क्रिकेट टोलीको बिदाइ

काठमाडौं, फाल्गुन १६ । बंगलादेशमा अर्को महिना हुने विश्वकप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको तयारीका लागि युएइ जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलाडीहरुलाई शुभकामनासहित बिदाइ गरेका हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली आगामी आइतबार दुबइ प्रस्थान गर्नेछ । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले युएइमा प्रशिक्षण गर्दैछ । प्रशिक्षणकै क्रममा नेपालले नेदरल्याण्ड्स र युएइसँग दुई वटा अभ्यास खेल समेत खेल्नेछ । अभ्यास पश्चात नेपाली टोली पहिलो पटक विश्वकप क्रिकेट खेल्न बंगलादेश पुग्नेछ । बंगलादेशमा पनि नेपालले आयरल्याण्ड र युएइसँग दुईवटा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले विश्वकपको समूह चरण सुरु गर्नेछ ।प्रारम्भिक चरणमा नेपालले आयोजक बंगलादेशसँगै, अफगानिस्तान र हङकङको सामना गर्नेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु