क्रिकेट खेलाडी उपाधि बोकेर फर्किंदै, सरकारले स्वागत नगर्ने

काठमाडौं, कात्तिक १४ – आइसिसि वर्ल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको च्याम्पियन नेपाली टोली आज स्वदेश फर्किँदैछ । टोली मलेशियाबाट दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाली टोली उपाधि सहित आउने भएपनि खेलाडीको सम्मानमा सरकारी स्तरबाट आज कुनै कार्यक्रम राखिएको छैन । नेपाली टोली विमास्थलबाट सोझै होटल जाने तयारी छ । बुधवार मलेशियालाई हराएर डिभिजन टु मा बढुवा भएको नेपालले हिजो युगाण्डालाइ ६२ रनले हराउँदै उपाधि जितेको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु