क्रिकेटबारे बुझ्न आइसिसीको टोली नेपाल आउँदै

qq काठमाडौं, असार १७ – नेपाली क्रिकेटको पछिल्लो अवस्था बुझ्न अन्तर्राष्ट्रिय किक्रेट काउन्सिलको टोली नेपाल आउने भएको छ। बिहीबार भएको काउन्सिलको पूर्ण बैठकले नेपाल र अमेरिकाको क्रिकेट बोर्डलाई गरेको निलम्बनलाई पनि पारित गरेको हो।

बैठकपछि आइसिसी अध्यक्ष शशांक मनोहरले नेपाल र अमेरिका दुवै आइसिसीका महत्वपूर्ण सदस्य राष्ट्र भएकाले ती देशका क्रिकेट संरचना विकासका लागि आइसिसीले सकेको सहयोग गर्ने बताए।

आइसिसीको टोलीले नेपाल सरकार र नेपाल क्रिकेट काउन्सिलका अधिकारीहरुसँग भेट गर्ने छन्। आइसिसीको टोली नेपाल आउने मिति भने खुलाइएको छैन।

आइसिसीले गत अप्रिलमा नेपाल क्रिकेट काउन्सिललाई निलम्बन थियो। आइसिसीको बैठकले साउदी अरेबियालाई ३९ औं एसोसिएट सदस्य बनाउने पनि निर्णय गरेको छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु