क्यूकोशिन क्षेत्रीय छनोट सम्पन्न

सोलुखुम्बु, पुस २० गते – पहिलो पटक लुम्बिनीमा हुन गइरहेको क्यूकोसिन फुल कन्ट्याक्ट काइ कराँतेको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप प्रतियोगिताको पूर्वाञ्चलस्तरीय छनौट प्रतियोतिगा सोलुखुम्बुमा सम्पन्न भएको छ । जिल्ला विकास समिति सोलुखुम्बुको प्राङ्गणमा भएको छनोट खेलमा पुरुषतर्फको खुला तौल समूहमा सप्तरीका तेजकान्त चौधरी प्रथम हुनु भएको छ भने सुनसरीका कुमार राई दोश्रो हुनु भएको छ । प्रतियोगितामा सोलुखुम्बुका अजय किराती तृतिय हुनुभएको छ ।
त्यस्तै पुरुषतर्फको ६० केजी तौल समूहमा सोलुखुम्बुका प्रवेश राईले सुनसरीका लोकनाथ सिग्देललाई हराउँदै प्रथम हुनु भएको छ  भने ५० कजी तौल समूहमा भोजपुरका संजय राई प्रथम र ओखलढुङ्गाका रविन श्रेष्ठ दोस्रो हुनु भएको छ ।

छनोट खेलमा महिलातर्फ खुला तैल समूहमा सोलुखुम्बुका सम्झना राई प्रथम र मनिका राई दोश्रो हुनु भएको छ भने ५० कजी तौल समूहमा सोलुखुम्बुकी सीता नेपाली प्रथम र मोरङ्गकी सिर्जना राजवंशी दोश्रो हुनु भएको छ । प्रतियोगितामा प्रथम र द्वितिय स्थान हासिल गर्ने खेलाडीहरुले लुबिम्नीमा हुने प्रथम राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने अवसर पाउने क्यूकोसिन फुल कन्ट्याक्ट काइ कराँतेका केन्द्रिय महासचिव तथा खेलका मुख्य ज्यूरी रोशन कपालीले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुर्वाञ्चलका १६ जिल्लाका खेलाडीहरुले सहभागिता जनाउनु पर्ने भएपनि विभिन्न सात जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका थिए । छनोट प्रतियोगिता नेपाल क्यूकोसिन फुल कन्ट्याक्ट काइ कराँते संघ पूर्वाञ्चल र फ्रेण्डसीप युथ क्लब सल्लेरीको आयोजनामा भएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु