को हुन् सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पा ? (चुनाबी घोषणापत्र सहित)

हिमाल एफ एम, १८ असार

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली काग्रेसका उम्मेद्धार नाम्गेल जाङबु शेर्पा बिजयी हुनुभएको छ ।

गएराती सम्पन्न मत गणनामा नाम्गेल शेर्पाले २७५१ मत ल्याउनुभएको छ । उहाँको प्रतिद्धन्दी एमालेका उमेदवार आङइगेले शेर्पाले २६०१ मत ल्याउनुभएको थियो । १५९ मतले नाम्गेल बिजयी हुनुभएको हो ।

नाम – नाम्गेल जाङबु शेर्पा

जन्म – वि.स. २०३८ (सोलुदुधकुण्ड नगरपालिका – २ मोपुङ)

शिक्षा – समाजशास्त्र र मेजर अग्रेजीमा स्नाकोत्तर र ग्रामिण विकासमा स्नातक दोस्रो बर्षमा अध्ययनरत

परिवार सदस्य – आमा, एक/एक दाजुभाई, ३ वहिनी, श्रीमति र एक छोरा, एक छोरी

पेशा – पर्यटन व्यवसाय

राजनिति – समाज सेवा

राजनितिमा प्रबेश –

२०५४ मा नेपाली कांग्रेसको साधारण सदस्य,

२०५९ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य,

२०६१ सालमा नेविसंघ जिल्ला कोषाध्यक्ष,

२०६२/६३ जन–आन्दोलन सघर्ष समिति सदस्य,

२०६३ साल यता निरन्तर नेपाली कांग्रेसको क्षेत्रीय सदस्य,

आबद्ध सामाजिक संस्था –

नेपाल शेर्पा विद्यार्थी मन्चको सचिव,

हिमालयन प्रोजेक्ट नेपालको संस्थापक अध्यक्ष,

संलग्न सामाजिक कार्य –

सोलुदुधकुण्ड नगरपालिका १ मा साइन्स ल्याव, लाईब्ररी स्थापना, ट्वाईलेट र हट सावरको निमार्ण,

नगरपालिका २ स्थित सलुङ आधारभूत विद्यालयको भवन तथा खेल मैदानको पुनः निमार्ण,

जुनबेसि चेदिङ स्थित छात्राबासलाई छाना सहयोग,

मपुङ स्थित मपुङ आधारभूत विद्यालयको पुनःनिमार्ण,

दिङबोचे बौद्ध स्कुललाई कम्प्युटर सहयोग,

सोलुदुधकुण्डका आर्थिक अवस्था कमजोर भएका एक सय भन्दा बढि विद्यार्थीलाई विद्यालय तथा उच्च शिक्षाका लागि छात्रवृतिको व्यवस्था,

सोलुदुकुण्ड नगरपालिका ३ स्थित पिके माविमा भुकम्प भन्दा अघि सम्पुर्ण भवन फर्निचर, लाईब्ररी, ट्वाईलेट, हट–सावरको व्यवस्था,

ज्वालामाई आधारभूत विद्यालयमा पाठ्यक्रम सहयोग र फलामखानीका आर्थिक अवस्था कमजोर भएका दलित जुम्ल्याहा रोगी बालकहरुको उद्धार तथा उपचार र आवासको व्यवस्था,

वडा नं ४ स्थित फाप्लु–छिनापुमा ट्याक्टर दुर्घटनामा परेक एक दलित बालकको सम्पुर्ण उपचार खर्च सहयोग,

भुकम्पपछि गरिएका पुर्वाधार निर्माण तथा राहत वितरण –

भुकम्प पछि नगरपालिका भित्रका १२०० भन्दा बढि परिवारलाई राहत सामाग्रि वितरण,

भकान्जे स्थित भकान्जे आधारभूत विद्यालयलाई मावि तहमा रुपान्तरण गरि शिक्षकको व्यवस्था, सो माविको भुकम्पपछि पुनःनिर्माण,

भकान्जे स्थित सगरडाडा आधारभूत विद्यालयको पुनःनिर्माण, छिरिङखर्क आधारभूत विद्यालयको पुनःनिमार्ण,

भकान्जे स्थित छिम्बु आधारभूत विद्यालयकोे पुनःनिर्माण र संचालनमा सहयोग, बडहरे स्कुलको पुनःनिमार्ण,

३ बर्षे महिला सशक्तिकरण विषयक कार्यक्रम संचालन,

भकान्जेकै एक सय भन्दा बढि गरिबीको रेखामूनि रहेका परिवारलाई ग्रिनहाउस वितरण,

भकान्जेको छिरिङखर्कमा हेल्थ क्लिनिकको स्थापना र संचालन,

चौलाखर्क स्थित हिमगंगा माध्यमिक विद्यालयको भवन पुनःनिर्माण,

लिखुपिके क्षेत्रका आर्थिक अवस्था कमजोर भएका एक सय पचास भन्दा बढि परिवारका बालबालिकालाई शिक्षा आर्जनका लागि छात्रवृत्तिको व्यवस्था ।

अन्य प्रमुख दल भन्दा केहि नयाँ र महत्वाकाक्षि योजना सहित जनता माझ पुगेका नवनिर्वाचित मेयर नाम्गेल जाङबु शेर्पाले ५ बर्षको अवधिका बोलेका काम गर्न सक्लान् ?

यस्तो थियो घोषणापत्र

Comments

comments

सम्बन्धित शीर्षकहरु