कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा आगो लाग्यो, एक संक्रमितको मृत्यु

 सोलुखुम्बु, वैशाख २८

मस्कोमा कोरोना भाइरस संक्रमितहरुको उपचार गराइरहेको अस्पतालमा आगो लागेको छ । मस्कोस्थित कोरोना संक्रमितहरुको उपचार गराईरहेको अस्पतालमा शनिवार आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आगो लागेका कारण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । साथै २०० अन्य संक्रमितहरुलाई बाहिर निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सञ्चारमाध्यमका अनुसार शहरको उत्तरी भूमागमा रहेको उक्त अस्पतालमा लागेको आगो अहिले नियन्त्रणमा आएको बताइएको छ ।

आगो कसरी लाग्यो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । कोरोना संक्रमितको उपचार भईरहेको वार्डबाट आगो सल्किएको बताइएको छ ।

त्यहाँका++ मेयर सर्गेई सोवियानिनले आफ्नो ट्पवीटमा एक संक्रमितको आगोमा परेर मृत्यु भएको बताएका छन् । अन्य संक्रमितहरुलाई अब अर्काे अस्पतालमा भर्ना गरिने उनले बताएका छन् ।

रुस सरकारको आपत्कालीन बैठकको रिपोर्टमा अस्पतालमा आगो एक संक्रमितको कोठाबाट लागेको बताइएको छ ।

रुसमा यो समाचार तयार पार्दासम्म १ हजार ९१५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९ हजार ६८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ११ हजार १२ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ८८ जनाको मृत्यु भईसकेको छ । स्रोत : एजेन्सी

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!