कोरोना संक्रमण भएकी युवतीको अवस्था सामान्य

सोलुखुम्बु, चैत्र १०

कोरोना संक्रमण देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत युवतीको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार अहिले उनको अवस्था सामान्य छ। अस्पतालका एक चिकित्सकले भने,‘आत्तिहाल्नु पर्ने अवस्था छैन ।’ शुक्रबार उनको कोरोना संक्रमण परीक्षण गरिएको थियो। रिपोर्ट भने आइतबार साँझ आएको थियो ।

रिपोर्टमा कोरोना देखिएपछि स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । अस्पतालका अनुसार उनको सातदिनपछि पुनः कोरोना भाइरस परीक्षण हुनेछ। यदि उक्त परीक्षणमा कोरोना भाइरस नदेखिए उनी डिस्चार्ज हुनेछिन् ।

‘उक्त जाँचमा कोरोना संक्रमण भएको पाइयो भने थप १४ दिन अस्पतालमै राखेर उपचार गरिनेछ,’ अस्पताल स्रोतले भन्यो । स्रोतः swasthyakhabar

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!