कोरोना महामारीको केन्द्रबिन्दु अब यूरोप -डब्लूएचओ

सोलुखुम्बु, चैत्र १


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को केन्द्रबिन्दु अब यूरोप भएको बताएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले अहिलेको संक्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु यूरोप भएको बताउनुभएको बीबीसीले जनाएको छं । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा पुगेको छ ।

चीनमा महामारी नियन्त्रण नजिक पुगिसकेकोले महामारीको केन्द्रबिन्दु यूरोपलाई मानिएको हो । डब्लूएचओका प्रमुख गेब्रेससले सबै देशहरुलाई जीवन बचाउन आक्रामक उपाय, समुदाय परिचालन र सामाजिक दूरी प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले अहिले बलिरहेको संक्रमणको आगो थप फैलन नदिन सबै लाग्नुपर्ने बताउनुभयो ।

धेरै यूरोपेली देशहरुमा संक्रमण र मृत्युमा एकदमै उकालो लागेको खबर आइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

इटलीमा संक्रमण र मृत्यु निकै उच्च

यूरोपेली देशमध्ये इटलीमा संक्रमण र मृत्यु निकै उच्च बनेको छ । पछिल्लो २४ घण्टामा मात्र इटलीमा कोरोना भाइरसको संक्रमणबाट २५० जनाले ज्यान गुमाएका छन् । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या १२६६ पुगेको छ । इटलीमा १७६६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।

यस्तै स्पेनमा १३३ जनाको ज्यान गइसकेको छ भने ५२३२ जनामा संक्रमण पुष्टि भएको छ । जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड लगाएतका देशमा पनि संक्रमण उच्च बनेको छ । युरोपमा संक्रमण फैलिएपछि अमेरिकाले बेलायत बाहेकका देशबाट उडान बन्द गरेको छ भने अरु विभिन्न देशले पनि यूरोपबाट आवातजावात बन्द गरेका छन् । स्रोतः उज्यालो अनलाइन

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!