कोरोना भाइसको प्रभाव : सुनसान सरकारी कार्यलय

सोलुखुम्बु, चैत्र १०


सरकारले कोरोना भाइरसको त्रासका कारण सरकारी कार्यालयबाट प्रदान हुने अत्यावश्यक सेवा बाहेकका सेवा प्रदानमा बन्द गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै बढि सर्वसाधारण आवतजावत हुने कार्यालयहरुबाट सेवा प्रवाह बन्द गरेपछि अधिकांश कार्यलयका कर्मचारी कार्यालयमा बसेरै दिन कटाईरहेको छन् । एक रिर्पोट


शिक्षा विकास तथा समन्वय ईकाई, नापि र मालपोत कार्यालयका कर्मचारी कोठा भित्रै बसेर दिन कटाईरहेका छन् भने कतिपय आन्तरिक काममा व्यस्त देखिएका छन् । सोलुखुम्बु जिल्लाको सबैभन्दा बढि व्यस्त रहने मालपोत कार्यालय अहिले सुनशान जस्तै बनेको छ । जहाँ आईतबार देखि कार्यालयबाट प्रवाह हुने सेवा नै बन्द गरिएको छ । सेवा नै बन्द गरिएपछि अहिले कर्मचारीहरु आन्तरिक काममा व्यस्त रहेका छन् । कार्यालयका नायब सुब्बा बिदेश खनाल


त्यस्तै नापी कार्यालयका निमीत्त कार्यालय प्रमुख सिकेश कोईराला पनि आन्तरिक काम र कोरोना भाईरसबाट बच्नका लागि पुर्व तयारीमा जुटेको बताउछन् ।


कतिपय कर्मचारी घाम तापेर दिन कटाउन थालेका छन् भने कतिपयलाई चिन्ताले सताएको छ । शिक्षा विकास तथा समन्वय ईकाई सोलुखुम्बुका निमीत्त कार्यालयका प्रमुख प्रमोद अधिकारिले कोरोना भाईरसबाट कर्मचारी उच्च जोखिममा रहेको बताउछन्


कर्मचारीलाई पुर्ण रुपमा विदा दिनुपर्ने उनिहरुको माग छ । आफुलाई सामाजिक सञ्जाल र समाचारबाट कसरी बच्ने भन्ने कुराहरु थाहा भएको तर सरकारले कर्मचारीका लागि थप सेवाको व्यवस्था नगरेको उनीहरुको गुनासो छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!