कोरोना भाइरस सम्बन्धी भ्रम र यर्थाथ (भाग–१)

केशव कुमार खत्री
लिम्चुङबुङ गाउँपालिका, उदयपुर

सवाल – जाँड रक्सी खाने व्यक्तिमा कोरोना भाइरस छिटो सर्दैन् भन्ने गाउँघरमा सुनिन्छ । हिजो आज प्रायः व्यक्तीले पहिलेको भन्दा जाँड रक्सी आएको पाईन्छ । वास्तविकता के हो ? बुझ्न पाए हुन्थ्यो ।

डा. रविन्द्र पाण्डे
जवाफ –
यो चाहिँ ठूलो भ्रम हो । जस्तो सेनिटाइजर भनेको हातमा दल्नको लागि र किटानु मार्नको लागि प्रयोग गरिने स्प्रिड हो । ७० प्रतिशत माथी अल्कोहल मिसाएर बनाएको त्यस्तो स्प्रिडले हत्केलामा भएको भाइरस मार्छ भनेको हो । रक्सी खाएर भाइरस मर्छ भन्नु ठूलो भ्रम हो । भाइरस हाम्रो श्वासप्रश्वास नली हुदै फोक्सोमा जान्छ भने रक्सी खाद्यान्न नली हुदै आद्रामा जान्छ, त्यसकारणले रक्सीजन्य पदार्थ आन्द्रामा, भाइरसजन्य किट फोक्सोमा जान्छ । दोस्रो कुरा भनेको रक्सी खायो भने मान्छेको रोगसंग लड्ने रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटि पावर) घटाउँछ र भाइरसले रक्सी खाने मानिसलाई चाँडो भेट्छ । त्यसले गर्दा रक्सी सेवन नगरौँ, कोहि भ्रममा हुनुहुन्छ भने यस्तो भ्रममा नपर्नु हुन अनुरोध गर्दछु ।

उमेश कुमार राउत
लिम्चुङबुङ गाउँपालिका, उदयपुर

सवाल– मेरो जिज्ञासा कोरोना भाइरसले गर्मी मौसममा भन्दा जाडो मौसममा बढि भेट्छ भन्ने सुनेको छु, यसबारे जान्न मन लागेको छ ।

डा. रविन्द्र पाण्डे
जवाफ –
यो चाहिँ सत्यको नजिक छ । किनभने, जाडो ठाँउमा भाइरस अलि धेरै समय बाँच्ने र गर्मी ठाउँमा अलि कम समयसम्म बाँच्ने गर्छ । उदाहरणको लागि, घाममा भाइरस २० मिनेटसम्म पनि बाँच्न सक्दैन तर हावा नचल्ने ठाउँमा चाहिँ २ घण्टासम्म बाँच्न सक्छ । त्यसैगरि घरभित्र रहेको फलामको भाडा प्लाष्टिकका भाँडाहरुमा ५÷६ दिन बाँच्न सक्छ । यसो भन्दै गर्दा भारत, मलेसीया, कुवेत, थाइल्याण्ड जस्ता गर्मी देशहरुमा पनि फैलिरहेका छ नि त भन्ने पनि हुन्छ, त्यो चाहिँ भाइरस परिवर्तनशील हुन्छ र समयानुसार परिवर्तन हुन्छ । त्यसकारणले दुवईमा भएको भाइरस त्यहाँको हावापानीसंग मिल्दो हुन्छ र नेपालमा भएको भाइरस हाम्रो नेपालको हावापानीसंग मिल्दो हुन्छ । हाम्रोमा गर्मी हुदा यहाँको भाइरस निष्क्रिय हुन्छ । र जाडोमा सक्रिय हुन्छ ।

तपाईसंग पनि कोरोना भाइरस सम्बन्धी कुनै द्धिविधा र जिज्ञासा छन् भने हामीलाई ९७४३०९४८३३ मा हरेक दिन ९ बजे देखी १० बजेसम्म टेलिफोन गरी आफ्ना जिज्ञासा रेकर्ड गराउन सक्नु हुनेछ । तपाईको जिज्ञासा मेटाउन हामी विभिन्न डाक्टरको सहयोग लिनेछौँ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!